images
images

नेकपा माओवादी केन्द्रकाे सुर्नयामा नयाँ नेतृत्व, अध्यक्षमा केशव विष्ट

बैतडी-नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुर्नया गाउँकमिटीकाे अध्यक्षमा विष्ट चयन भएका छन् ।

बुधवार राैलेश्वरमा सम्पन्न दाेस्राे सम्मेलनबाट वडा नं ५ का वडा अध्यक्ष समेत रहेका केशब बहादुर विष्ट अध्यक्ष पदमा सर्बसम्मत चयन भएका हुन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा दिलारामभट्ट , उपाध्यक्षमा करन चन्द, हरिशराम विक, सचिवमा धन बहादुर विष्ट, सह सचिवमा राेशनी विक, काेशाध्यक्षमा जानकी बाेहरा चयन भएका छन् ।

माओवादी सुर्नया गाउँकमीटीका अध्यक्ष राम बहादुर कुवरकाे सभाध्यक्षता तथा पार्टीका पाेलिटब्युराे सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवर विजयसुन्दरकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले सुर्नयाकाे नयाँ नेतृत्व चयन गरेकाे माओवादी केन्द्रका जिल्ला संयाेजक शंकर भण्डारीले बताए ।

विष्टकाे नेतृत्वमा ४५ सदस्यीय कमिटी गठन गरिएकाे उनले बताए । कार्यक्रममा पार्टीका बैतडी सह इन्चार्ज एवं पूर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट आदित्य, पार्टीका बैतडी संयाेजक शंकर भण्डारी विशिष्ट अतिथि रहेका थिए ।

यसैगरि सुर्नयामा सम्पन्न अधिवेशनमा विभिन्न पार्टीका दर्जन भन्दा बढी कार्यकर्ता माओवादि केन्द्रमा प्रवेश गरेका नव निर्वाचित अध्यक्ष विष्टले बताए । नेकपा एमाले निकट राष्ट्रिय शिक्षक संगठनका सुर्नया गाउँकमिटी सचिव धनबहादुर विष्टलगायत विभिन्न पार्टी परित्याग गरि दर्जनाै नेता माओवादी केन्द्रमा प्रवेश गरेका उनले बताए ।

अहिले माओवादी केन्द्र पालिका तथा वडा सम्मेलन गरिरहेकाे छ । पार्टीको संगठन विस्तार र पुनर्जागरणका लागि पालिका र वडा सम्मेलनमा तीव्रता दिइएको माओवादी केन्द्र बैतडीले जनाएको छ ।

सबै पालिका र वडामा पौष मसान्तभित्र सम्मेलन गरिसक्ने योजना रहेकाे बताइकाे छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS