images
images

माओवादी केन्द्र पाटन नगर कमिटी अध्यक्षमा राम विष्ट चयन

बैतडी– नेकपा माओवादी केन्द्रले पाटनमा नयाँ नेतृत्व चयन गरेकाे छ ।

बिहीवार पाटनमा सम्पन्न सम्मेलनबाट माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेकाे हाे । सम्पन्न सम्मेलनले राम सिंह बिष्टलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेकाे छ ।

उनकाे अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेकाे माओवादी केन्द्रका जिल्ला संयाेजक शंकर भण्डारीले जानकारी दिए ।

यस्त‌ै उपाध्यक्षमा गोपाल भाट, गजेन्द्र सिंह बोहरा र राजेन्द्र प्रशाद भट्ट , सचिवमा देवदत्त भट्टराई, सह सचिवमा नारद पन्त र कोषाध्यक्षमा सेनु चन्द चयन भएका छन् ।

निवर्तमान पालिका कमिटि अध्यक्ष तर्क सिंह ठगुन्नाको सभाध्यक्षतामा आज सम्पन्न पालिका सम्मेलनका प्रमुख अतिथि बैतडी जिल्ला इन्चार्ज एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य नरेन्द्र कुवँर (बिजयसुन्दर) रहनु भएको थियो ।

पालिका सम्मेलनमा माओवादी केन्द्रका निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका प्रेम प्रकाश भट्ट (आदित्य), माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य धर्म सिंह ऐर(कपिल), कमल बोहरा (अपी) लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्