images
images

बैतडीको बासुलिङ्ग सहकारीकाे वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन:चन्द

बैतडी– बैतडीको सुर्नया गाउँपालिका २ लिस्किटास्थित बासुलिङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः देवबहादुर चन्द चयन भएका छन् ।

उनी दाेस्राे कार्यकालका लागि अध्यक्ष पदमा पुन: सर्वसम्मत चयन भएका हुन् ।

सहकारी संस्थाको शनिबार सम्पन्न १८ औँ साधारण सभाले चन्दको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

 

समितिको उपाध्यक्षमा तारा भट्ट, सचिवमा पुन: केशवराज भट्ट र काेषाध्यक्षमा धनबहादु विष्ट सहित ११ सदस्यीय कार्य समिति चयन भएको बताइएको छ ।

 

२०६३ सालमा स्थापना भएको बासुलिङ्ग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ६ सय २ जना सेयर सदस्य र २ सय ३० बाल बचतकर्ता रहेका छन् ।

सहकारी संस्थाको कुल पूँजी २ करोड ७२ लाख ९० हजार ६ सय ९४ रहेको सहकारी संस्थाका व्यवस्थापक याेगेश बहादुर चन्दले बताए ।

सहकारीका अध्यक्ष देव बहादुर चन्दकाे सभाध्यक्षता तथा सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक धारणसभामा          सहकारी प्रेमिहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्