बैतडी– बैतडीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा दिनेश नागारी चयन भएका छन् ।
शनिवार खाेड्पेमा सम्पन्न दोश्रो जिल्ला परिषदले नागारीलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेकाे हाे ।
दिनेश नागरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको छ । उपाध्यक्षमा दामोदर सिंह बोहरा, सचिवमा लोकेन्द्र बहादुर चन्द, कोषाध्यक्षमा जयराम सार्की चयन भएका छन् ।
यस्तै सल्लाहकार समिति पनि चयन गरिएकाे छ । शिवदत्त ओझाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको हाे ।
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठन जिल्ला समन्वय समिती बैतडीका कार्यबहाक अध्यक्ष शिवदत्त ओझाको सभाध्यक्षतामा सुरु भएको अधिवेशनका प्रमुख अतिथि एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनका केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज दल बहादुर कार्की रहेका थिए ।
विशिष्ट अतिथीमा प्रदेश अध्यक्ष खडक मन्नी, प्रदेश बरिष्ठ उपाध्यक्ष धौल सिंह जागरी, माओवादी केन्द्र बैतडीका सयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, प्रदेश कमिटी सदस्य धर्म सिंह ऐर, पाटन नगर इन्चार्ज हरिश विष्ट रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्