बैतडी– प्रेस सेन्टर नेपाल बैतडी अध्यक्षमा भट्ट चयन भएका छन् ।
जिल्लाकाे गाेठलापानी स्थित अपीगेष्ट हाउसमा सम्पन्न छैटाैँ अधिवेशनबाट डीआर भट्ट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा गोविन्द पन्त र हजारी महरा, सचीवमा केशब भट्ट, सह सचिवमा राजेन्द्र महर, काेषाध्यक्षमा जयन्ती भट्ट चयन भएका हुन्। सम्पन्न सम्मेलनले ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेकाे प्रेस सेन्टर नेपाल बैतडीले जनाएकाे छ ।
प्रेस सेन्टर नेपाल बैतडी शाखाका निवर्तमान अध्यक्ष करुणाकर भट्टकाे सभाध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पूर्व प्रदेश सांसद एवं नेकपा माओवमदी केन्द्रका बैतडी सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्य विशिष्ट अतिथि रहेका थिए ।
यस्तै कार्यक्रममा पत्रका महासंघ बैतडी अध्यक्ष नरी बडु, प्रेस सेन्टर नेपालका नेता लगायत पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्