images
images

बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक

बैतडी-बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो ।

नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।

माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार गणेश दत्त अवस्थीले बताए ।

माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए । बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ ।

ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ ।

मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने  चलन छ । माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।

 मसान्तमा तरुल खन्न जाने र राति पकाएर सबै एकै ठाउँमा बसेर खाने चलन रहिआएको छ।

सुदूरपहाडमा माघे सक्रान्ति नरहरी हर्षाेउल्लास तरिकाले मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस्