images
images

बैतडीकी स्वास्थ्य स्वयंमसेवीका सीता भिरबाट लडेर अस्ताइन !

बैतडी-बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु भएको छ।

जिल्लाकाे मेलौली नगरपालिका–८ कोटिगाँउ जमाडीकी २९ वर्षिया स्वास्थ्य स्वयंमसेविका सीता बिष्टको  भिरबाट लडेर  मृत्यु भएको हाे ।

पौष २९ गते घर नजिकै जगंलमा घास काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाईते भएकी थिईन। गम्भीर अवस्थामा रहेकि बिष्टलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो। डडेल्धुरामा उपचार संम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार संम्भव नभएको भन्दै घर पठाएको पारिवारिक स्राेतले बताएकाे छ ।

अचेत अवस्थामा रहेकि बिष्टलाई घर ल्याउदैँ गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताउनुभयो। बिष्ट २०६९ सालदेखी स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत रहेको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख दिपक प्रसाद बागले जानकारी दिए।

मृतक बिष्टका एक छोरा र एक छोरी रहेकि छिन। रोजगारीको लागि भारत गएका श्रीमान विगत दुई/तिन वर्षदेखी सम्पर्क विहिन अवस्थामा रहेका छन।

सासुआमा र दुई छोराछोरीको साथमा रहदैँ आएकी बिष्टको मृत्युले परिवार बिच्चलीमा परेको छ। मृतक बिष्टको निधनमा आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ ले आज एकदिन शोक विदा समेत दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्