बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । यही माघ २३ गतेदेखि २८ गतेसम्म विद्यालय उमेरका किशोरीहरुलाई खोप लगाइने भएकाे हाे ।
विद्यालयमा अध्यायनरत कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिए ।
खाेप दिनका लागि पालिका तयारीमा जुटेकाे छ । पालिकाका अनुसार यहि माघ ८ र ९ गते पालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो खोप लगाउने कार्यक्रमका बारेमा तालिम दिइएको थियाे
यसैगरी आज पालिकास्तरीय खोप समन्वय समितिको बैठकबाट खोप कार्यक्रमका बारेमा योजना तर्जुमा समेत गरिएको बताइएकाे छ ।
पाकिलामा रहेका १हजार ८४ जना किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको छ । १९ विद्यालयका खोप केन्द्रहरुबाट खोप दिइने र अन्तिमदिन पालिकाका ८ वटा स्वास्थ्य संस्थाबाट खोपलगाइने बताइएको छ । खोप अभियान सम्बन्धी आज अभिमुखिकरण समेत गरिएकाे छ ।
जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरुकाे उपस्थितिमा अभिमुखिकरण गरिएकाे गाउँपालिकाका स्वास्थ शााखा प्रमुख महराले बताए ।










प्रतिक्रिया दिनुहोस्