बैतडी –बैतडीको भुवनेश्वर मावि गाेयलीले वार्षिकोत्सब मनाएकाे छ । जिल्लाकाे सुर्नया गाउँपालिका –३ स्थित भुवनेश्वर मावि गोयलीले साेमवार विभिन्न कार्यक्रम गरेर ५४ औं बार्षिकोत्सव मनाएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुंवर प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट लगायतका जनप्रतिनिधिहरुकाे उपस्थिती रहेका थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले ६८ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालय परिवारले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्