बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । मंगलवार गाउँ सभाको अधिवेशन सम्पन्न भएकाे हाे ।
गाउँ सभाको १५ औं अधिवेशनले विनियोजन गर्न नसकेको बजेट विनियोजन गर्दै गाउँ सभा सम्पन्न भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँ सभाको अधिवेशनमा ५ करोड ५९ लाख ३५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा ४१ लाख बजेट दिने भएकाे छ ।
उपाध्यक्ष मञ्जु बोहराले विनियोजित बजेट प्रस्तुत गर्दै प्रत्येक वडामा ४१ लाखका दरले रुपैयाँ विनियोजन गरिएको बताइन् ।
गाउँपालिकाका ८ ओटा वडामा ३ कराेड २८ लाख बजेट दिइने गाउँपालिकाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्