images
images

बैतडीकाे गलिनाथ आधारभूत विद्यालयले मनायाे वार्षिकोत्सब

बैतडी-बैतडीकाे गलिनाथ आधारभूत विद्यालयले वार्षिकोत्सब मनाएकाे छ ।

जिल्लाकाे सुर्नया ७ पत्थरकोट चौका स्थित गलिनाथ आविले बुधवार ३५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएकाे हाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क बहादुर कुँवरकाे सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सबमा प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष प्रताप महरा रहनु भएकाे थियाे ।

यस्तै विशिष्ट अतिथिमा वडा नं ५ का अध्यक्ष केशब बहादुर बिस्ट, वडा न ७ का अध्यक्ष भक्त बहादुर कुँवर लगायतका अन्य जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न वार्षिकोत्सबमन प्रधानाध्यापक वीर बहादुर कुवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्