images
images

बैतडीको बासुदेव माविले मनायाे ७५औं बार्षिकाेत्सव तथा हीरक जयन्ती

बैतडी– बैतडीको सुर्नया गाउँपालिका २ स्थित बासुदेव मावि लिस्किटाको ७५औं बार्षिकोत्सव  तथा हीरक जयन्ती समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा जिल्ला  समन्वय समिति बैतडी प्रमुख खगेन्द्र सिंह धामी  प्रमुख अतिथि रहनु भएकाे थियाे ।

बार्षिकोत्सव समारोहमा विद्यालयका    प्रधानाध्यापक जितबहादुर पाण्डेले १ करोड   ३९ लाख ७ सय ३० रपैँया बचत रहेकाे बताए ।

बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा  निवर्तमान प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट आदित्य    विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।

बासुदेव माविमा हाल कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्