बैतडी- बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएकाे हाे ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार बेलूकी घरबाट कार्यालय गइरहेका बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए ।
तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिएपनी डाक्टरले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
मृतक खडायतकाे शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए।










प्रतिक्रिया दिनुहोस्