images
images

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

बैतडी-बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्ट भरुवा बन्दुक जंगली जनावरकाे  छाला सहित पक्राउ परेका हुन् ।

घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, बन्दुकमा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS