बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा कक्षा ८ काे बाेर्ड परिक्षाकाे तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे छ ।
यहि फागुन २६ गते बाट हुने कक्षा ८ काे पालिका स्तरीय परीक्षाकाे तयारी अन्तिम चरणमा पुगेकाे पालिकाले बताएकाे हाे ।
परीक्षा तयारी अन्तिम चरणमा पुगेकाे गाउँपालिका शिक्षा शाख प्रमुख टंक प्रसाद अवस्थीले जानकारी दिए । यस्तै पालिकाले परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस समेत दिने भएकाे छ ।
परीक्षामा उत्कृष्ट हुने तीन जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिने शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।
परिक्षामा पालिकाभरीमा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीले नगद पुरस्कार पाउने उनले बताए ।सुर्नया गाउँपालिकाभरी चालु शैक्षिक सत्रमा ४ सय १२ जना परीक्षार्थी कक्षा ८को परीक्षामा सहभागी हुँने उनले बताए ।
उनका अनुसार परीक्षामा प्रथम हुनेलाई ८ हजार, द्वितीय हुनेलाई ६ हजार र तेश्रो हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिन छ ।
पालिका स्तरीय परीक्षा आठओटा केन्द्रबाट सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्