images
images

बैतडीका छयालिस वर्षिय सुरेन्द्र छाेरी संगै कक्षा ८ काे परीक्षा दिंदै

बैतडी-बैतडीका सुरेन्द्र  छाेरि संगै परीक्षा दिदै छन् । जिल्लाकाे पुर्चाैडी नगरपालिका–८ का  ४६ वर्षका सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिइरहेका हुन् ।

  सुरेन्द्र छाेरी डम्मरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागि भइरहेका  नगरपालिकाकाे शिक्षा शाखाले जनाएकाे छ। सोही वडामा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी संगै कक्षा ८ को परीक्षा दिइरहेका हुन् ।

मल्लादेही विद्यालयको कक्षा ८को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको छ । बोहरा सोही विद्यालयमा विद्यालय कर्मचारीको रुपमा पनि कार्यरत छन् ।

विभिन्न बाध्यता र परिस्थितिले स्कुल  पढ्न नपाएका  बाेहरालाई  अहिले   छाेरीसँगै पढ्ने रहर पलाएको छ ।

उनले याे उमेरमा छाेरी  संगै स्कुल पढ्न पाउँदा खुसि लागेकाे बताए ।

याे उमेरमा पढाइ  प्रतिकाे बाेहराकाे उत्साहले सबैलाई प्रेरणा समेत दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्