images
images

सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७२ विद्यार्थी दीक्षित

बैतडी– सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका हुन् ।

प्रधानमन्त्री एवं कुलपति  केपी शर्मा ओलीको उपस्थितिमा आइतवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका हुुन्।

विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका  छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताए।

प्रतिक्रिया दिनुहोस्