बैतडी-बैतडी घर भएका गायक तथा सर्जक विष्टकाे नयाँ गीत बजारमा आएकाे छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भएका गायक तथा सर्जक दिपेन्द्र विष्ट मायालु मनकाे प्रस्तुतिमा रहेकाे हातैकी रुमाल बाेलकाे नयाँ देउडा गीत बजारमा आएकाे हाे ।
विष्टले प्रस्तुत गरेकाे उक्त गीतमा गायक माधव विष्ट कैलाशकाे शब्द सिर्जना र लय छ भने गायक भुवन दाहाल र गायिका गाैरी भट्टले स्वर दिएकी छिन् ।
याे गीत गायक भुवन दाहाल र संगित चाैतारी नामक युटुव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।गीत संगितका पारखि गायक दिपेन्द्र विष्ट मायालु मनले एक दर्जन बढी गीतमा स्वर तथा शब्द भरेका छन् ।
सानै उमेर देखि प्रत्यक्ष देउडा खेलेर सुदूरकाे कला र संस्कृति चिनाउन र संरक्षण गर्न लागि परेका गायक मायालु मनले यस अघि मरेपछि याे शरिर, गाेकुलेकी मेला,तेरि पिरति मेरा लागि,झलकन्या दन्तकी पाटी, मेराे जीवन तहस नहस नामक गीति एल्बम बजारमा ल्याइ सकेका छन् ।
नाटक तथा हास्य कलाकारितामा समेत रुचि राख्ने उनले २०६५ सालमा दिलकाे पुकार नामक गजल संग्रह समेत बजारमा ल्याएका थिए ।
आफुले पस्किने हरेक प्रस्तुतिलाई दर्शक स्राेताकाे अपार माया मिलि राखेकाे उनले बताए । जा माया बैतडी गैजा नामक नयाँ देउडा गीत छिट्टै बजारमा आउने पनि उनले बताए ।
गीत सुन्नका लागि तलकाे लिंकमा थिच्नु हाेस्https://youtu.be/WCHpDb5e1j4?si=wVHqbV_a-xIoJXmD










प्रतिक्रिया दिनुहोस्