बैतडी-बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’सञ्चालन गरेक छ ।
जिल्ला प्रहरी कार्यालयले सतबाँझमा शुक्रबार ‘ट्याक्टर बहस’सञ्चालन गरेको हो।
प्रदेश प्रहरी कार्यालयले प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याइएको उनले बताए।
यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिइएको प्रहरी निरीक्षक बडूले बताए।










प्रतिक्रिया दिनुहोस्