images
images

बैतडीबाट जाँदै गरेकाे ट्रक संग माेटरसाईकल ठाेकियाे

बैतडी-बैतडीबाट धनगढी जादै गरेको ट्रक डोटीको रुवसकाँडामा मोटरसाईकलसंग ठोक्किदा दुर्घटना भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ रुवसकाँडामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५५४ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–००८ प ११ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

 

प्रहरी कार्यालय, डोटीले बैतडीबाट धनगढी जाँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोकिएका बताएको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर १ सकारका ४२ वर्षीय गणेश भट्टराईले चलाएको ट्रक र बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर १ डिलकन्दारका ४४ वर्षीय हरी बोहराले चलाएको मोटरसाइक ठोकिएका हुन्।

बोहराको शरिर तथा दुबै खुट्टामा चोट लागेको छ।उहाँको स्थानीय छतिवन स्वास्थ्य चौकी, बुडरमा सामान्य उपचारपछि उनलाई धनगढी लगिएको छ। ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्