बैतडी– कैलालीबाट बैतडी आउँदै गरेकाे हाइस डोटीमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
मङ्गलवार राती करिब ११ः३० बजे जिल्लाको जोरायल गाउँपालिका-२ मेलखोलास्थित भीमदत्त राजमार्गमा हाइस दुर्घटनामा परेकाे बताइएकाे छ । साे दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका-४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कैलालीको धनगढीबाट बैतडीको पुर्चौँडीतर्फ आउँदै गरेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई ५०र६० मिटर तल खस्दा ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र रहेका छन् ।
यस्तै गाडीका चालक बैतडी पुर्चौँडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् ।घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्