बैतडी-आमा संगै काफल खान गएकी बैतडीकी सिमा रुखबाट लडेर अस्ताएकी छिन् ।
पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय किशोरी सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।
बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको काफलको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारी जानकारी दिए ।
उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
कलिलै उमेर सिमाकाे रुखबाट लडेर मृत्यु भएपछि अहिले घर परिवार आफन्त , साथि संगी सबै जना शाेकमग्न भएका छन् ।










प्रतिक्रिया दिनुहोस्