images
images

बैतडीकाे सुर्नया -२ मा रहेकाे बासुदेव मावि  नमूना विद्यालय छनाैट

बैतडी–बैतडीकाे बासुदेव माध्यमिक विद्यालय नमूना विद्यालयका लागि छनाैट भएकाे छ  ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा स्थित बासुदेव मावि नमूना विद्यालयका लागि छनाैट भएकाे हाे । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले नमूना विद्यालय छनौट गरेको हाे  ।

कक्षा १२ सम्मको पढाई हुँदै आएको यो विद्यालय यसको क्षेत्रको पुरानो विद्यालयको रुपमा रही आएको छ ।

बैतडीकाे बासुदेव मावि र बिरेन्द्र मावि सहित सुदूरपश्चिमका ३२ ओटा विद्यालय नमूना विद्यालय छनौट भएका छन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ३२ ओटा विद्यालयहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट गरेको र त्यस भित्र बैतडीकाे बासुदेज मावि र बिरेन्द्र मावि पनि पर्न सफल भएका हुन् ।

बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटा र  दशरथचन्द नगरपालिका वडम नं४ शाहीलेकमा  रहेकाे  विरेन्द्र माविलाई नमूना विद्यालय छनौट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट कार्यक्रम अन्तर्गत प्रस्ताव आएका विद्यालयहरुमध्ये प्रदेशभरी ३२ ओटा विद्यालयहरुलाई छनौट गरिएको छ ।

छनौट भएका विद्यालयहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण गरेर बजेट विनियोजन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्