images
images

सिद्धेश्वर माविकाे सेवा क्षेत्र भित्रका पाँच वटा असल परिवार सम्मानित

बैतडी– बैतडीकाे एक विद्यालयले पाँच ओटा असल परिवारलाई सम्मानित गरेकाे छ ।पाटन नगरपालिका वडा नं ९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले  विहीवार परेकाे अन्तर्राष्ट्रिय परिवार दिवसकाे अवसरमा आफ्नाे  सेवा क्षेत्र भित्रका पाँच वटा असल परिवारलाई एक समारोहका बिच सम्मानित गरेको हाे ।

घरपरिवार तथा समाजमा मेलमिलाप गरेर बस्ने, बालबालिकाहरुको हेरचाह, रेखदेख गर्ने, विद्यालयका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, विद्यालयका सूचना एवं गतिविधीहरु सही सम्प्रेषण गर्ने, घरमा बालबालिकाहरुले पढने खेल्ने वातावरण सहज रुपमा पाईरहेका सबै भन्दा उत्कृष्ट अभिभावकत्वको भुमिका निर्वाह गरिरहेका परिवार लाई अन्तर्राष्टिय  परिवार दिवसको अवसरमा विद्यालयको तर्फबाट फूलमाला, टिका, दोसल्ला र प्रमाणपत्र द्वारा सम्मानित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनु भएको छ ।

 सम्मनित हुने उत्कृष्ट घरपरिवार मध्ये कलावती भाट धारापानी, पार्वती भाट गैराखाना, कृष्ण सिंह महरा राङ्गाजुजौना, नर बहादुर महरा देवतापुज्जा र ज्ञानेन्द्र प्रसाद भट्ट खालीडाँडा रहेका छन् ।

बालबालिकाहरु र अभिभावक बिच सुमधुर सम्बन्ध कायम गराउने, बालबालिका र अभिभावकहरुमा विद्यालय समाज र घरपरिवार प्रति जिम्मेवारी बोध गराउने, घरपरिवार तथा समाजमा मेलमिलाप गरेर बस्नु पर्ने रहेछ, आफ्ना नानीबाबुहरु प्रति असल अभिभावकत्वको भुमिका निर्वाह गर्न पर्ने रहेछ  भन्ने साकारात्मक सोचको विकास गराउदै विद्यालय शिक्षा संग संगै असल र सक्षम नागरिक उत्पादन गर्ने उद्धेश्यका साथ सामाजिक कार्यहरु लाई पनी विद्यालय शिक्षा संग संगै जोडेर लैजाने गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महराले बताउन भएको छ ।

यस्तै समाजमा आध्यात्मीक चेतनाको विकास, जेष्ठ नागरिक सम्मान, समुदायको सरसफाई, संरक्षण र रेखदेख, पुजापाठ कृतन भजन, सन्देश मुलक नमुना होली प्रर्दशनी, लगायतका सामुदायिक कार्यहरुमा पनी विद्यालयले अग्रणी भुमिका खेलीरहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्