बैतडी-बैतडीकाे बासुलिङ मन्दिरमा ट्रस निर्माण सम्पन्न भएकाे छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ मा रहेकाे बासुलिङ मन्दिर परिसरकाे मसानीझाड भन्ने ठाउँमा ट्रस निर्माण सम्पन्न भएकाे हाे ।
सुर्नया गाउँपालिका वडा नं – ३ काे आर्थिक सहयाेगमा ट्रस निर्माण सम्पन्न भएकाे बासुलिङ धार्मिक सेवा समितिका अध्यक्ष गणेश दत्त भट्टले जानकारी दिए ।
वडा नं ३ का अध्यक्ष शम्भु प्रसाद भट्टकाे विशेष पहलमा २ लाख बजेट तथा जनश्रमदानबाट सय जना अटाउने ट्रस निर्माण गरिएकाे उनले बताए । यस्तै थाैरै बजेटमा उत्कृष्ट काम गरेकाे भन्दै बासुलिङ धार्मीक सेवा समितिले निर्माण समितिलाई सम्मान गरेकाे छ ।
शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेर उनिहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरिएकाे बासुलिङ धार्मिक सेवा समितिका उपाध्यक्ष बिनाेद प्रसाद भट्टले बताए ।
बजेट कम भएपनि उत्कृष्ट काम भएकाे उनले बताए । यस्तै याेजनाकाे सार्वजनिक सुनुवाई समेत गरिएकाे छ । सबैलाई याेजनामा लागेकाे खर्च बारे जानकारी दिईएकाे उनले बताए ।
उनका अनुसार २ लाख बजेट भएकाे याेजनामा २ लाख ३३ हजार ३८१ रुपैयाँ खर्च भएकाे छ । बासुलिङ मन्दिर परिसरमा सयाैँ सङ्ख्यामा बाेकाकाे बलि दिइन्छ ।
साे समयमा पानी परेका बेला समस्या हुने गरेकाेमा अहिले ट्रस निर्माण पछि भक्तजनहरुलाई बस्नका लागि सहज भएकाे स्थानीय धाैलसिंह धामीले बताए ।
यस्तै बासुलिङ मन्दिरकाे विकासका लागि स्थापना गरिएकाे काेषकाे बारेमा पनि जानकारी दिइएकाे छ । साे काेषमा अहिले सम्म साढे ३ लाख जम्मा भएकाे बताईएकाे छ ।
अक्षय काेषमा आबद्ध हुन समितिले सबैलाई अपिल समेत गरेकाे छ । यसै गरि बासुलिङ धार्मिक सेवा समितिले दुई जना सदस्यलाई मनाेनित गरेकाे छ ।
सुर्नया २ डुङ्गरी गाजलीडाँडा निवासी देवसिंह ऐर र सुर्नया ३ तडीगाउँ इजरगाडा बस्ने प्रेम राज भट्टलाई सपथ खुवाए समितिमा मनाेनित गरेकाे बासुलिङ धार्मिक सेवा समितिका सदस्य भान बहादुर चन्दले बताए।
बासुलिङ मसानीझाड ट्रस निर्माण याेजनाकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री लाेकेन्द्र बहादुर चन्दका सुपुत्र अरुण चन्द, बासुलिङ धार्मीक सेवा समितिका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीविहरुकाे उपस्थिति रहेकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्