images
images

बैतडीकाे सुर्नया-४ पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

बैतडी-  बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप    सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।

 निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिना मुनिका ७० जनाले हाल नियमित खोप पाइरहेको र १६ महिना देखि ५ बर्ष सम्मका २ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको भाैनेली स्वास्थ्यचौकीका इन्चार्ज  सुरेन्द्र सिंह महराले जानकारि दिए  ।

भाैनेली स्वास्थ्य चाैकीकाे आयाेजना,सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष एवं वडा खाेप समन्वय समिति संयाेजक प्रताम महरा,  स्वास्थ्यकर्मी, खोप समन्वय समितीका पदाधिकारी  र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको स्वास्थ्य इन्चार्ज महराले बताए  ।वडाभित्रका सबै बालबालिकाहरुले खोप पाएको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्