बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा विश्व स्वास्थ्य संगठनकाे टाेली पुगेकाे छ ।
वडा नं ८ को ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली स्थलगत निरीक्षणका लागि पुगेकाे हाे ।
ठेउला संक्रमण भएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर स्थलगत निरीक्षण गरेको गाउँपालिकाले जनाएकाे छ ।
टोलीले आज संक्रमित व्यक्तिहरुको स्वाब संकलन गर्नुका साथै रगतको नमूना समेत संकलन गरेकोबताइएकाे छ ।
शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराका अनुसार ठेउला संक्रमित व्यक्तिमध्ये ९ जनाको घाँटीको स्वाब संकलन गरिएको छ भने ६ जनाको रगतको नमूना संकलन गरिएको छ।
उक्त स्वाब र रगतको नमूना परीक्षणपछि ठेउला नै हो कि अन्य रोग पनि हो भन्ने कुरा पत्ता लाग्ने स्वास्थ शाखाले जनाएकाे छ ।
१५ दिनयता सुर्नयाको वडा नं ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको छ। ठेउला प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएकाे र प्रभावित क्षेत्रमा सतर्कता अपनाउन गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्