images
images

बैतडीकाे मेलाैली पूर्ण खाेप सुनिश्चित घाेषणा, स्वास्थ्यकर्मी सम्मानित

बैतडी–बैतडीको मेलौली पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हाे ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाट अनुसार मेलौली नगरपालिकाका ९ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

यस्तै पालिका भरीका १० जना स्वास्थ्यकर्मीहरुलाई पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्