images
images

बैतडीकाे दशरथचन्द नगरपालिका पूर्ण खाेप सुनिश्चित घाेषणा

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हाे ।

हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको छ ।

दशरथचन्द नगरपालिकाका ११ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ८३ जना र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार ३ सय ९ जना बालबालिकाहरुले खोप पाएको बताइएकाे छ ।

य दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा सहयोग गर्ने खोप कार्यकर्ताहरुलाई सम्मान गरिएको पनि नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्