images
images

बैतडीकाे बासुलिङ सहकारीले दियाे शेयर सदस्यहरुलाई तालिम

बैतडी-बैतडीकाे बासुलिङ सहकारीले तालिम दिन थालेकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा स्थित बासुलिङ बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य  तथा बचत कर्ताहरुलाई तालिम दिन थालेकाे हाे ।

संस्थाकाे विकास र शेयर सदस्यहरुकाे क्षमता विकासका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिन थालिएकाे सहकारीका अध्यक्ष  देव बहादुर चन्दले बताए ।

पालिका संग पहल गरेर पहिलाे पटक शेयर सदस्यहरुलाई तालिम दिइएकाे  र  अगामि दिनमा पनि सहकारी शिक्षाका लागि  तालिमकाे आयाेजना गरिने बताए ।

सुर्नया गाउँपालिकाकाे आर्थिक  सहयाेगमा असार ६ गते शुक्रबारबाट  सहकारीकाे सेवा क्षेत्रका शेयर सदस्यहरुलाई तालिम दिन थालिएकाे सहकारीका व्यवस्थापक याेगेन्द्र बहादुर चन्दले  बताए ।

क्षमता विकासका लागि तालिम सञ्चालन गरिएकाे भन्दै सहकारीका संरक्षक एवं प्रशिक्षक मानबहादुर चन्दले सेयर सदस्यहरुलाई लघुउधमि बनाएर आर्थिक उन्नति गराउने उदेश्यले तालिम सञ्चालन गरिएकाे बताए ।

सहकारीका अध्यक्ष  देव बहादुर चन्दकाे अध्यक्षता तथा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवर , सुर्नया -२ का वडा अध्यक्ष गणेश बहादुर विष्ट, पत्रकार तथा अन्य  सराेकारवालाहरुकाे उपस्थितिमा तालिम सञ्चालन गरिएकाे हाे ।

तालिमकाे उद्घाटन सत्रमा बाेल्दै गाउँपालिकका अध्यक्ष  कुवरले बासुलिङ सहकारीले जनताकाे जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै पालिकाबाट हुने सहयाेग गर्न आफू प्रतिवद्ध रहेकाे बताए ।

 तालिममा सहरकारीका शेयर सदस्यहरु सहभागी  छन् । बासुलिङ सहकारीम  ६ सय ६४ जना शेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्