बैतडी– नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । जिल्ला सदरमुकाम गढीमा रहेकाे पार्टी कार्यालयमा शनिवार साँझ आगलागी भएकाे हाे
आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले शनिवार अपरान्ह ६ बजे आगलागी भएको सूचना प्राप्त भएको बताए ।
अहिले प्रहरी टोली परिचालन गरेर आगलागी नियन्त्रणमा आइसकेकाे बताइएकाे छ।
आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्