images
images

बैतडीकाे पाटन ८ मा उमेर नपुगि हुने विवाह राेक्न अन्तरक्रिया

बैतडी-बैतडीकाे पाटन वडा नं -८ मा बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गरिएकाे छ ।

वडाकै आयाेजनामा  शनिबार बालबालिकाहरू सङ्ग अन्तरक्रिया गरिएकाे हो ।

कम उमेरमा बिवाह गरेमा निम्तिने मानसिक तथा शारीरिक समस्याका बारेमा उनिहरू सङ्ग छलफल तथा अन्तरक्रिया गरिएको बताइएकाे छ ।

समाजमा उमेर नपुगि हुने  बाल बिवाह राेक्नका लागि कार्यक्रम गरिएकाे  वडा अध्यक्ष हरिश विष्टले बताए ।

  बाल बिवाह न्यूनीकरणका लागि वडाले विभिन्न सचेतनामुलक कार्यक्रम समेत  गर्दै आएकाे उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि , बालबालिका र अन्य सराेकारवाहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्