images
images

बैतडीकाे मणिलेक र ज्ञानेश्वर नमूना माविमा राष्ट्रिय सेवा दल तालिम

बैतडी –बैतडीकाे मणिलेक र ज्ञानेश्वर नमूना माविमा राष्ट्रिय सेवा दल तालिम शुरु  भएकाे छ ।

जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ स्थित  मणिलेक नमूना माविमा विद्यार्थीहरुका लागि एनसीसी तालिम शुरु गरिएको  हो ।

सोमवारदेखि दुवै विद्यालयका  कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम शुरु गरएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए ।

सय दिन सम्म चल्ने   तालिममा   ३०–३० जना विद्यार्थी सहभागी छन् ।

याे तालिमले नागरिक –सैनिक सम्बन्धलाई बलियो बनाउन  महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे छ ।

विद्यार्थीहरुलाई राष्ट्रप्रतिको प्रेम, अनुशासन, जवाफदेहिताका बारेमा सिकाइनुका साथै विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षण लगायत विषयमा तालिम दिइने बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्