images
images

बैतडीको पञ्चेश्वरकाे दुई ठाउँमा  स्वास्थ्य शिविर,१३ सय बढीले सेवा लिए 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

स्वस्तीक अस्पताल धनगढी कैलाली र पञ्चेश्वर गाउँपालिका बैतडीको संयुक्त आयोजना सञ्चालित शिविर सम्पन्न भएकाे हाे ।

गाउँपालिकाको वडा नं ३ स्थित कुलाउ र वडा नं ५ स्थित गणमेश्वर आधारभूत विद्यालयमा  सञ्चालन भएको शिविरमा१ हजार ३ सय ८३ जनाले सेवा लिएका  छन् ।

पालिकाबासीलाई  बिशेषज्ञ स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउने उद्देश्यले  शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गाेरख बहादुर चन्दले बताए ।

नागरिकहरुले शिविरमा मुटु,छाती, प्रेसर, सुगर, थाइराइड लगायतका रोगहरुको बिशेषज्ञ  सेवा पाएका थिए ।

स्थानीय पाइक क्षेत्रमा सञ्चालन भएकाे  शिविरबाट  सेवा पाउँदा  नागरिकहरु  लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनु भयाे ।

अगामि दिनमा पनि यस्ता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्