गाउँपालिकाले चालुतर्फ ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ रुपैयाँ र पूँजीगतर्फ १८ करोड ४१ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु. ८२ लाख ३० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।
यस्तै नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ रु. १० करोड ७३ लाख ९८ हजार १ सय ९ रुपैयाँ , प्रदेश सरकारबाट प्राप्त हुने राजस्व २९ लाख ७१ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु. २२ करोड ९९ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै गाउँपालिकाको आन्तरिक आयतर्फ रु. ७६ लाख १५ हजार रुपैयाँ, चालु आर्थिक बर्षमा हुन सक्ने बैंक मौज्दात ४ करोड ७० लाख ६० हजार रुपैयाँ समेत गरी ५५ करोड ९० लाख ७४ हजार १०९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएकाे छ ।
गत शनिबार गाउँपालिकाको १७ औं गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष धाना धामीले उक्त बजेट पेश गरेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्