बैतडी- बैतडीकाे पञ्चदेव आधारभूत विद्यालयले अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
सुर्नया ४ मा रहेकाे विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि मंगलबार अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।
गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक विच अन्तरक्रिया गरिएकाे विद्यालयका शिक्षक हेमराज भट्टले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ,शिक्षक , अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष करुणाकर भट्टले शैक्षिक गुणस्तर शुधारका लागि शिक्षक विव्यस र अभिभावक ३ ओटै पक्षले एकजुट भएर लाग्नु पर्ने बताए ।
त्यस्तै शिक्षक अभिभावक संघ अध्यक्ष हरि सिंह महरा तथा अभिभावक कृष्ण दत्त भट्ट ले पनि सबै भन्दा धेरै अभिभावकहरु को कमजोरी रहेको वि.व्य.समितिको पनि कमजोरी रहेको केही मात्रामा शिक्षक हरुको कमजोरी रहेकाले सबै ले आ-आफ्नो कमजोरी लाई औल्याउँदै शुधारको लागि अघि बढ्नु पर्ने बताए ।
कार्यक्रम मा शिक्षक मीना पन्त महरा, हेम राज भट्ट, कृष्ण सिंह महरा, भान बहादुर महरा र नारु महराले कमजोरीहरु शैक्षिक सत्रको सुरु देखि नै शुधार गर्दै आईरहेका बताए ।
हेम राज भट्टले यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य शैक्षिक गुणस्तर शुधार गर्नु र सबैले आ- आफ्नो कमजोरी लाई शुधार गर्न तर्फ आगाडी बढेपछी शैक्षिक गुणस्तर सुधार गरेर सुर्नयाकै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनाउन सकिने बताए ।










प्रतिक्रिया दिनुहोस्