images
images

बैतडीकाे पाटनमा उपप्रमुखलाई पेलेर बहुमतले बजेट पारित

बैतडी–बैतडीको पाटन नगरपालिकाले बहुमतले बजेटपारित गरेकाे छ ।

आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट बहुमतले पारित गरेको हाे  । नगर उपप्रमुख कमलसिंह बोहराले आफ्नो सहभागिता बिना बजेट ल्याएको भन्दै नगरसभामा आफ्ना कुरा राखेर बाहिरिएका थिए ।

उपप्रमुख बोहरा बाहेकका सबै नगर सभा सदस्यहरुको सहमतिमा ६६ करोड ९३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । उपप्रमुख नगरसभाबाट बाहिरिएपछि नगर प्रमुख रावलले आँफैले बजेट प्रस्तुत गरेका थिए ।

नीति, विधि र प्रणालीमा टेकेर बजेट नआएकाले आफू बाहिरएको नगर उपप्रमुख बोहराले टिप्पणी गरे ।

उनले पत्रकार सम्मेलनमार्फत आफ्नो सहभागिता बिना बजेट ल्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्