बैतडी–बैतडीका नाै पालिकाले बजेट सार्वजनिक गरेका छन् ।
बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरि १०स्मेथानीय तह छन् । मेलाैली नगरपालिका बाँहेकका जिल्लाका अन्य नाै स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८२÷८३ काे बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाको चार नगरपालिका मध्ये तीन नगरपालिकाले बजेट ल्याएकाे छ भने मेलाैली नगरपालिकाले असार १७ गते बजेट ल्याउने जनाएकाे छ।
दशरथचन्द नगरपालिकाकाे ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट छ भने पुर्चौंडी नगरपालिकाले ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ ।
जिल्लाको पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजार बराबरको बजेट पारित गरेको छ ।
यस्तै छ ओटा गाउँपालिका रहेकाे बैतडीमा जिल्लाको सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट ल्याउदा सिगास गाउँपालिकाले ५५ कराेड ९० लाख ४७ हजार बराबरकाे बजेट पारित गरेकाे छ ।
जिल्लाको शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बराबरको बजेट छ भने दोगडाकेदार गाउँपालिकाले ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट ल्याएको छ ।
यसैगरी डिलाशैनी गाउँपालिकाले ६५ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ भने जिल्लाको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्