images
images

बैतडीकाे पाटन बसपार्क दश वर्ष सम्म निर्माण सम्पन्न नभएपछि…

 बैतडी-वर्षाे देखि अलपत्र बैतडीकाे  पाटन बसपार्कमा स्थानीयले  राेपाइँ गरेका छन् ।

आइतबार राष्ट्रिय धान दिवसका दिन  स्थानीयले हलगाेरू जाेतेर बसपार्कमा राेपाइँ गरेर धान राेपेका हुन् ।

१० बर्ष सम्म पनि बसपार्ककाे निर्माण कार्यले पूर्णता नपाएपछि  स्थानीयहरुले   सम्बन्धि निकायकाे ध्यानाकर्षण गराउन  धान राेपेर विराेध गरेका  पत्रकार  बसन्त बिष्टले बताए ।

पटकपटक सरकारलाई बसपार्क निर्माण  सम्पन्न गर्नका लागि आग्रह गर्दासमेत नसुनेपछि फेरि शान्तिपूर्ण रुपले बिराेध गरेर दबाव दिन राेपाँई गरिएकाे पाटन बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए ।

आर्थिक वर्ष २०७१/७२मा निर्माण सुरु गरिएकाे बसपार्क  अहिलेसम्म  निर्माण  सम्पन्न हुन सकेकाे छैन।

सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि   निर्माणको काम सम्पन्न नहुँदा स्थानीय आक्राेसित छन् ।

पाटनमा आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या छ ।

बससपार्क  निर्माण  सम्पन्न नहुँदा सवारीसाधन बजारमै पार्किङ हुन्छन । पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको दश वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको छैन् ।

याे बसपार्क  बैतडीबाट निर्वाचित  नेपाल सरकारका  उद्योग मन्त्री दामोदर भण्डारीकाे गृह पालिकामा पर्छ ।

बसपार्क समयमै नबन्दा  समस्या भएकाे भन्दै व्यापारी र  स्थानीय नागरिकहरुले अविलम्ब काम अगाडि बढाएर निर्माण सम्पन्न हुनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्