बैतडी–बैतडीका एक युवक नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार रानाले सोमबार बिहान साढे ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको खबर छ ।
रानाले चौलानी नदीमा हाम फाल्नुको कारण नखुलेको र घटना बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्