बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले बजेट सर्वसम्मत पारित गरेकाे छ ।
आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि गाउँसभामा पेश गरेको बजेट साेमवार सर्वसम्मत पारित भएको हाे ।
यही असार १० गते सभामा पेश गरिएको बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।
सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट सभामा पेश गरेको थियाे ।
उक्त बजेट सर्वसम्मत पारित भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई ध्यान राखेर बजेट ल्याएको गाउँपालिकाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्