बैतडी– नेपाल सरकारका गृहमन्त्री र उद्योगमन्त्री बैतडी आउने भएका छन् ।
गृहमन्त्री रमेश लेखक र उद्योग वाणिाज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बैतडी आउने भएका हुन् ।
जिल्लाका छुट्टाछुट्टै कार्यक्रमहरुमा सहभागी हुन मन्त्रीद्वय बुधबार बैतडी आउने भएका हुन् । लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले बताए ।
मन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए ।
यस्तै मन्त्री लेखकको सहभागितामा बिहीबार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
यस्तै दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् । बुधबार मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको छ ।
मन्त्री भण्डारी बिहिबार नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुनेछन् ।
त्यसअघि बिहीबार नै दोगडाकेदार गाउँपालिकाको पूर्ण संस्थागत सुत्केरी पालिका घाेषणा कार्यक्रममा सहभागी हुने एमाले बैतडी अध्यक्ष नरेश विकले बताए ।










प्रतिक्रिया दिनुहोस्