images
images

बैतडीकाे  दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

बैतडी –बैतडीकाे  दशरथचन्द नगरपालिकाले (शुक्रबार) नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने अषाढी जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएकाे हाे ।

नगरपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शिक्षण संस्था लगायतका सार्वनिक बिदा रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि अषाढी जात्रा शुरु भएको छ । हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए ।

असार शुक्ल अष्टमीको राति भगवतीको बिशेष पूजाआजा हुने उनले बताए ।
अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको छ ।

यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको भट्टले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्