images
images

बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

कञ्चनपुर  जिल्लाको भीमदत्त नगरपालिका–८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो।

घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्।

पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS