संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार आइतबार पत्र बुझाएको हो।
दलले आइतबार नै दिउँसो ४ बजे प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउँदै छ। सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ।
प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन्। नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादले सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।










प्रतिक्रिया दिनुहोस्