बैतडी– बैतडीमा वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति पुर्याएकाे छ ।
वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएकाे हो ।
सर्नयाका विभिन्न ठाउँमा मंगलबार राति वर्षा संगैकाे हावाहुरीले मकैको बोट ढालेर क्षति गरेकाे छ ।
वडा नं २ ग्वानी, ३काे तडीगाउँ, वडा नं ८को ढोले, कठमडा, सेला र दोरामा पनि मकैबालीमा क्षति पुगेकाे छ ।
हावाहुरीले मकैबालीमा क्षति भएकाे सुर्नया गाउँपालिका २ ग्वानीका किसान बसन्त कुमार विष्ट बासुले बताए ।
मकैको बोट वर्षा संगै आएको हावाहुरीले सोत्तर पारेकाे सुर्नया ३का धाैलसिंह धामीले बताए ।
घाेगा लाग्ने बेला मकैबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका हुन्।
बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पछिल्ला बर्षहरुमा विभिन्न कारणले मकैबालीमा क्षति हुँदा किसानहरु मार्कामा पर्ने गरेका छन् ।
खाद्यबालीमा विभिन्न कार्णले क्षति व्यहोर्नुपर्ने परे पनि सरकारबाट कुनै राहत नमिले किसानहरुकाे गुनासाे छ ।
अनुदान, राहत,सहायता क्षतिपूर्ति पनि आफुनिकटका व्यक्तिहरुलाई दिने परिपाटीले वास्तविक किसान पछि परेका छन् ।










प्रतिक्रिया दिनुहोस्