images
images

बेैतडीकाे दाेगडाकेदार वडा नं ७ काे भवन निर्माण, अध्यक्ष कार्कीले गरे उद्घाटन

बैतडी– बैतडीकाे दाेगडाकेदार गाउँपालिका वडा नं ७ काे भवन उद्घाटन गरिएकाे छ ।

निर्माण सम्पन्न भवनकाे शुक्रबार पालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले  उद्घाटन गरेका हुन् ।

गाउँपालिकाकाे   आर्थिक बर्ष २०८१/८२ काे बजेटबाट   कार्यालय भवन  निर्माण गरिएकाे  बताइएकाे छ ।

आफ्नै  भवन निर्माण भएकाले  अब कामकाजका लागि सजिलाे हुने दाेगडाकेदार गाउँपालिका वडा नं ७का अध्यक्ष दिनेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्