images
images

बैतडीको राैलेश्वर मावि रामकी बरायलमा पूर्व विद्यार्थी समाज गठन

बैतडी– बैतडीको राैलेश्वर मावि रामकी बरायलमा पूर्व विद्यार्थी समाज गठन गरिएकाे छ ।

विद्यालय प्राङ्गणमा बिहीबार बसेकाे भेलाले पूर्व विद्यार्थी समाज गठन गरेकाे हाे ।

जिल्लाकाे सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायलमा पूर्व विद्यार्थी समाज गठन गरिएको बताइएकाे छ।

विद्यालयकाे धीरबहादुर मडैको अध्यक्षतामा गठन भएको १३ सदस्यीय समितिको उपाध्यक्षमा डम्मर महरा रहेका छन् । यस्तै समितिको सचिव देव महरा र कोषाध्यक्षमा मनिषा बिष्ट रहेका छन् ।

समितिको अन्य सदस्यहरुमा भरत मडै, धनबहादुर मडै, तारा बिष्ट, धनबहादुर बिष्ट, जगदीश बिष्ट, मोहनसिंह भण्डारी, मानबहादुर मडै, जयबहादुर बिष्ट र लक्ष्मी विक रहेका छन् ।

समितिले रौलेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुलाई एक ठाउँमा राखेर अर्को समिति गठन गर्ने बताइएको छ ।

विद्यालयकाे  शैक्षिक, भौतिक र अन्य पक्षको विकासका लागि पूर्व विद्यार्थीहरुबाट गर्न सकिने सबै प्रकारको सहयोग गर्न समिति गठन गरिएको  अध्यक्ष धीरबहादसर मडैले बताए ।

कक्षा १२ सम्म पढा हुने रौलेश्वर मावि रामकी बरायलकाे  सर्वाङ्गिण विकासका लागि पूर्व विद्या समाज गठन गरिएकाे सचिव देव महराले  बताए ।

प्रतिक्रिया दिनुहोस्