images
images

बैतडीकाे राैलेश्वर मावि रामकी बरायलका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा पुरस्कार वितरण

बैतडी-  बैतडीकाे राैलेश्वर मावि रामकी बरायलका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन्  ।

जिल्लाकाे सुर्नया  गाउँपालिका वडा नं – ५ मा रहेकाे  राैलेश्वर माविका  उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत भएका हुन् ।

सुर्नया गाउँपालिका कार्यपालिका सदस्य पार्वती मडै र विद्यालयकाे संयुक्त  आर्थिक सहयाेगमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएकाे  विद्यालयका प्रधानाध्यापक गाेपाल सिंह मडैले जानकारी दिनुभयाे ।

कक्षा ८ काे पालिका स्तरीय परीक्षामा  द्वितीय स्थान प्राप्त गर्ने कपिल चन्द , एसईई परीक्षामा ए ग्रेड ल्याउने ईसिका मडै, रबिना मडै, र सिर्जना विष्टलाई पनि नगद सहित पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक मडैले बताए ।

गत वर्ष २०८१ सालकाे वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकाे आयाेजना गरेर शैक्षिक सामग्री समेत वितरण गरिएकाे   उनले बताए ।

यस्तै नयाँ शैक्षिकसत्रकाे प्रथम त्रैमासिक परीक्षाकाे समेत मुल्यांकन गरेर उत्कृष्ट  अंक  ल्याउने विद्यार्थी शैक्षिक सामग्री वितरण गरिएकाे उनकाे भनाइ छ  ।  कार्यपालिका सदस्य मडैले आफुले पाउने तलबभत्ता वाफतकाे रकमबाट  विद्यार्थीलाई पुरस्कार दिनु भएकाे छ ।

विद्यार्थीकाेफमनाेबल बढाेस र पढाइमा अझ उत्कृष्ट बनुन भन्ने धेयले आफुले विद्यालय संग मिलेर पुरस्कारकाे कार्यक्रम राखेकाे उनले बताउनु भयाे ।

यस्ता कार्यक्रमले विद्यार्थी  पढाइतर्फ थप आकर्षित भई शैक्षिक गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्