images
images

पतिकाे तस्बिर राखेर पत्नीको पत्रकार सम्मेलन

बैतडी- नेकपा एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आज आफ्नो भावी रणनीति सार्वजनिक गर्दै छिन् ।
काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

दिउँसाे ३ बजेका लागि बाेलाइएकाे पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सुर्यअंकित ब्यानर राखिएको छ ।

जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको छ ।

भण्डारीको पत्रकार सम्मेलन स्थलमा एमालेका केही कार्यकर्ता र उल्लेख्य मात्रामा सञ्चारकर्मीहरू पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्